हल्दीबारी ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट हल्दीबारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार युवा नेता भवानीप्रसाद दंगाल (भानु) बिभिन्न प्रतिवद्धतासहित उम्मेद्वार दर्ता गराएर मैदानमा उत्रिएका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका उम्मेद्वार दंगालले घरदैलो अभियानलाई गाउँपालिकामा तिब्र बनाएका छन् । उनले आफ्ना १५ बुँदै भिजनसहित उम्मेद्वार बनेको बताएका छन् ।
दंगालले एक पालिका एक उत्पादन–एक वडा एक विशेष उत्पादन हल्दीबारीलाई धान र तरकारी उत्पादनको हव बनाउने उदेश्यका साथ पशुपालन र माछापालनलाई बिशेष प्राथामिकता दिने बताएका छन् । प्रत्येक वार्डमा एक एक वडा उपभोक्ता भण्डार निर्माण गर्ने, सहकारी मार्फत उपभोक्ता संचालन, स्थानिय सरकारले किसालनको सबै उत्पानको खरिद गर्ने, ब्रान्डिङ गर्ने र मुल्य निर्धारण गर्ने तथा बिक्रि बितरणको जिम्मा लिने, भ्यालु चैन मार्फत कार्यक्रम संचालन गर्ने भिजन अघि सारेका छन् ।
त्यस्तै दंगालले बेरुजुको अन्त्य, स्वच्छ पिउने खानेपानी, निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, किसान पेन्सन कार्यक्रम, सुकुम्बासीलाई धनिपुर्जा वितरण, चारकोसे बनलाई पर्यटनको केन्द्र बनाउने, भेलागुढी बनको पर्यटन प्रवद्र्धन गर्ने, पाथिभरा धार्मिक क्षेत्र र लक्ष्मीथान धार्मिक क्षेत्रलाई धार्मिक पर्यटन स्थलको रुपमा विकास गर्ने, हल्दिबारी रिङरोड, सबैतिर पक्की हल र कालोपत्रे सडक संजाल, गरिवीको अन्त्य, हल्दिबारी खेल मैदानको निर्माण मेचे, सन्थाल, राजवंशी, राई, लिम्बु लगायत जाती जनजातीको संस्कृतिको जगेर्ना गर्ने होम स्टे र जातिय संग्राहलय निर्माण गर्ने भिजन अघि सारेका छन् ।
हल्दिबारी–५, झापामा पिता ओमनाथ दंगाल र माता कौशिला देवी दंगालको कोखबाट २०३६ पुस १० जन्मिएका नेता दंगालले एमएसम्मको अध्यापन गरेका छन् । मेनुका कार्कीसँग बिवाहबन्धनका बाँधिएका नेता दंगालका भजन र सुजन दंगाल दुई छोरा छन् ।
श्री ज्योती नि.मा.वि. , जलथल, कक्षा ७ सम्म अध्यापन गरेका उनले श्री हल्दीबारी मा.वि. हल्दिबारीबाट एसएलसी पास गरेका थिए । त्यस्तै मेची क्याम्पस भद्रपुरबाट अंगे्रजी अर्थशास्त्रमा आईएसम्म, दमक क्याम्पस दमकबाट बिएसम्म अंंग्रेजी र अर्थशास्त्रबाटै अध्यापन गर्दै महेन्द्र क्याम्पस धरानबाट अंग्रेजी एमएसम्मको अध्यापन गरेका हुन् ।
२०४९ सालमा हल्दिबारी मा.वि. प्रारम्भीक कमिटी सचिव भएर २०५२ सालमा मेची क्याम्पस प्रारम्भीक कमीटि सदस्य भएका नेता दंगालले २०५४ भाद्र १६ गतेबाट माओवादीमा प्रवेश गरेका हुन् ।
२०५६ सालमा माओवादीको सदस्यता प्राप्त गरेका उनले २०५८ सालमा माओवादी निकट अखिल नेपाल शिक्षक संगठन (ए.एन.टी. ओ.) झापाको संस्थापक अध्यक्ष हुन् ।
२०५८ माघदेखि २०६३ वैशाख ११ गतेसम्म भुमिगत भएका उनले २०५४ देखी २०५६ र २०६३ देखि २०५६ सम्म शिक्षण पेशामा आवद्ध भएर ज्ञानज्योती उच्च मावि राजगढ चिल्ड्रेन गार्डेन स्कुल गोलधाप अध्यापन गराएका थिए ।
२०५६ सालदेखि सहकारी क्षेत्रमा प्रवेश गरेका उनी २०५६ देखि २०६८ सम्म कर्णाली साकोस बिर्तामोड सचिव भएर काम गरेका उनले २०६९ सालदेखि हाल सम्म निरन्तर हाम्रो नेपाल साकोस बिर्तामोड अध्यक्षका रुपमा रहँदै आएका छन् ।
२०७४ सालमा झापा जिल्ला सहकारी संघकोे सहसचिव भएका नेता दंगाल २०७८ सालदेखि प्रदेश सहकारी संघ, प्रदेश नं. १८ झापा जिल्ला सहकारी संघ, सचिव निरन्तर रहँदै आएका छन् ।