लक्ष्मीपुर ।
अर्जुनधारा नगरपालिकाको गठबन्धनको टोलीले मेयर, उपमेयरसहित वडाका उम्मेद्वारले बिहीवारे बजार आसपासको क्षेत्रमाघरदैलोसहित कोणसभा गरेको छ ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच नगरमा भएको गठबन्धनले साझा उम्मेद्वारसहित आइतवार (आज) अर्जुनधारा–५ स्थित बिहीवारेमा घरदैलोसहित कोण सभाका गरेको हो ।
घरदैलोमा तथा कोषसभामा नगरका मेयर पदका उम्मेद्वार रञ्जिता कार्की, उपमेयर पदका उम्मेद्वार जितेश योञ्जन, वडा नं. ५ का वडाअध्यक्ष हरि खड्का, सदस्य पदका उम्मेद्वार अर्जुन कडेल, कृष्ण तामाङ, सिता बन र र कमला बिश्वकर्माको उपस्थिति रहेको थियो ।
घरदैलो अभियानमा नेपाली काग्रेस केन्द्रिय सदस्य सरिता प्रसाई, प्रदेश नं. १ सभापति उद्धव थापा, झापा सचिव कृष्ण हुमागाई, नेकपा माओवादी केन्द्रकी नगर इन्चार्ज देवकला प्रसाई, अखिल(क्रान्तिकारी) केन्द्रिय सदस्य तथा पार्टी झापा सदस्य अनिल सुवेदी, कांग्रेस झापा सदस्य एलबहादुर गिरीसहितको सहभागिता रहेको थियो ।
वडाअध्यक्ष पदका उम्मेद्वार हरि खड्काले प्रतिवद्धता राखेको कोणसभामा मेयर पदका उम्मेद्वार कार्की, उपमेयर पदका उम्मेद्वार योञ्जन, कांग्रेस सचिव हुमागाई, पूर्व बनमन्त्री बीरमणि ढकाल, कांग्रेस सभापति उद्धव थापा, कांग्रेस केन्द्रिय सदस्य प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।