लक्ष्मीपुर ।

 झापाको अर्जुनधारा–५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मार्फत उम्मेद्वारी मनोनयन दर्ता गराएका उम्मेद्वारहरुले दरदैलो अभियानलाई तिब्रता दिएका छन् । 

उम्मेद्वारहरुले शनिवार अर्जुनधारा–५ स्थित बिहीवारे बजार आसपासको क्षेत्रका जनताका घरआंँगनमा आफ्नो पार्टीको प्रतिवद्धतासहित घरदैलो अभियान गरेका हुन् । 

राप्रपाका तर्फबाट अर्जुनधारा नगरको मेयरमासूर्यकुमार खतिवडा र उपमेयरमा तारा बस्नेत निरौलाले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै अर्जुनधारा ५ बाट वडाअध्यक्षमा कन्चनबिन्दु खड्का, खुल्ला सदस्यमा ओमबहादुर श्रेष्ठ, श्याम सापकोटाले उम्मेद्वारी दर्ता गराएका छन् भने महिला सदस्यमा सरिता धिमाल र दसलत महिला सदस्यमा मधु सुन्दास रहेका सदस्य पदका उम्मेद्वार श्रेष्ठले जानकारी दिए । 

पार्टीले जारी गरिएको प्रतिबद्धता भनिएको छ सनातन हिन्दु राष्ट्र धर्मलाई संरक्षण गर्ने, भष्ट्रचार विरुद्ध अभियान साथै निमूलीकरण गर्ने, कक्षा–१२ सम्म निःशुल्क शिक्षा निःशुल्क स्वास्थ्य बिमा, स्वास्थ्य सामाग्री वितरण, खानेपानीको ब्यवस्था गरिदिने, युवा स्वरोजगारका लागि सीपमुलक तालिमलगायत २६ बँदा रहेका छन् ।