शिवसताक्षी ।  

स्थानीय तहको निर्वाचनका लागि झापाको शिवसताक्षीको उपमेयर पदका लागि शिवसताक्षी ११ का नेकपा (माओवादी केन्द्र) युवा नेता महेन्द्र भट्टराईको उम्मेद्वारी परेको छ । 

उनी स्कुल जीवनदेखि नै बामपंथी  राजनीतिक जीवन गरेका व्यक्ति हुन् ।  अन्याय, सामाजिक विभेद, छुवाछूतको विरुद्ध उनी सानै उमेरदेखि अन्त्य गर्न चाहन्थे  र ऊनी   २०५६ सालदेखि माओवादी जनयुद्धमा सरिक भए । 

ताप्लेजुङ जिल्लाको आङखोप गाबिसमा  बुबा तुलशी भट्टराई र आमा लक्ष्मी भट्टराईको कान्छो छोरा को रुपमा वि.सं. २०४० साल असार मा जन्मिएका भट्टराई  सानैदेखि कम्युनिष्ट विचार धारामा अडिक भएर हुँकदै गर्दा २०४८ सालमा कम्युनिष्ट पार्टीमा औपचारिक रुपमा आबद्ध भएका थिए ।

२०५८ देखि माओवादीको जनयुद्धमा प्रत्यक्ष सामेल भएका उनी २ पटक–पटक गरेर सैनिक हिरासत बसे का छ्न् । धेरै पटक मृत्युको मुखमा पुगेर बचेको  भट्टराई  आफ्नो नाफाको जीबन यो देश र समाजको निम्ति लगाउन चाहान्छ्न् । आफ्नासँगैका साथीहरू सहिद भएको र आफू त्यो बेला ‘दुश्मनको गोलीबाट बचेकोले आफ्नो जीवन  फाउ हो’ भट्टराई भन्छ्न् ।

  शिक्षा , स्वास्थ, रोजगार, सहितको बिकास, कृषिमा आत्मा निर्बर बनाउन, स्वदेशमा नै युबाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न  उनी दिनरात जनताको सेवामा छ्न् । 

उनी भन्छ्न् ‘स्थानीय निर्वाचनमा  पार्टीलाई होइन ब्याक्ति हेरेर भोट दिन हो’ । शिवसताक्षीको बिकासमा महत्त्वपूर्ण भुमिका खेलेका उनी प्रचण्डका नजिक र बिस्वासिला मानिन्छ्न् ।

स्थानीय बिकास निर्माण र सामाजिक सस्थामा आहोरात्र खटेका उनी शिबसताक्षी नगरका बिकास निर्माणका पर्याबाची युवा ब्यक्ति हुन।   डिग्रीसम्मको अध्यान गरे र पनि ब्यक्तिगत जीवनको लागि जागीर खानु भन्दा पनि यो समाज रुपान्तरण र समाज बद्ल्नुपर्छ  भन्ने उनिको भनाइ छ ।