काँकडभिट्टा ।
नेकपा एमालेका तर्फबाट मेचीनगर वडा नं १२ का वडाध्यक्ष पदमा उम्मेद्वार दर्ता गराएका मधुसुधन निरौला विरुद्ध उजुरी परेको छ ।
चारआली शहरी खानेपानी सरसफाई संस्थाको अध्यक्ष पदबाट राजीनामा नदिई निरौलाले उम्मेद्वारी दर्ता गराएपछि उजुरी परेको हो । सोही वडाका गठबन्धनका साझा उम्मेद्वार नगेन्द्र धिमालले निर्वाचन कार्यालय मेचीनगरमा उजुरी दर्ता गराएका हुन् । निरौला विरुद्धको उजुरी दर्ताको भरपाईमा निर्वाचन अधिकृत रेवन्त भट्टराईले हस्ताक्षर गरेका छन् ।
निर्वाचन आयोगले कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिले राजीनामा नदिई उम्मेद्वार बन्न नपाउने प्रावधान राखेको छ । तर, निरौलाले खानेपानी संस्थाको पदमै रहेर उम्मेद्वारी दर्ता गराएपछि उजुरी परेको हो ।