अर्जुनधारा ।
नेकपा एमाले अर्जुनधाराको घरदैलो कार्यक्रम उत्साहकासाथ चलिरहेको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमतका साथ विजयी हुने लक्ष्य स्वरुप एमालेले अर्जुनधारा नगरपालिकामा घरदैलो कार्यक्रम गरिरहेको छ । एमालेले मबुधवार (आज) अर्जुनधारा नगरपालिकाको ८ र ५ नम्बर वडामा घरदैलो गरेको हो ।
घरदैलोमा मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपमेयर पदकी उम्मेद्वार खड्गमाया पराजुली, नेकपा एमालेका नगर इन्चार्ज दिपेन्द्र लम्साल, अर्जुनधारा नगरपालिकाका प्रमख हरीकुमार राना लगायतका नेताहरुको सहभगीता छ ।
८ नम्बर वडामा आज भएको घरदैलोमा एमालेबाट वडाअध्यक्ष पदका उम्मेद्वार कुमार प्रसाद उप्रेतीसहित सदस्य पदका उम्मेद्वारहरु ऋषी प्रसाद घिमिरे, मनोज कुमार रैका थापा मगर, मन्जु टुडु र सुजता रसाइली मेयर उपमेयरको उम्मेद्वारसंग घरदैलोमा सहभागी हुनुभएको छ । त्यस्तै ५ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा मेयर उपमेयरको उम्मेद्वारसहित वडाअध्यक्ष पदका उम्मेद्वार डम्बर कुमार घिमिरे र सदस्य पदका उम्मेद्वारहरु लक्ष्मी प्रसाद खनाल, रोहित कुमार चौधरी, चन्द्र कुमारी तामाङ र रिता नेपाली सहभागी रहेका थिए ।
एमाले अर्जुनधाराले भोली (बिहिबार) मेयर उपमेयरको उम्मेद्वारसहित ६ र ११ नम्बर वडमा वडाका उम्मेद्वारसहित घरदैलो गर्ने जनाएको छ । यसअघि एमाले उम्मेद्वारहरुले हिजो (मंगलबार) ७ र ५ नम्बर वडामा घरदैलो गरेका थिए ।
एमालेले अर्जुनधारामा मेयर, उपमेयर वडाअध्यक्षसहित सदस्य गरेर ५७ वटा पदमा उम्मेद्वारी दर्ता
झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका तर्फबाट बलदेव गोम्देन तामाङले उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन आयोगले मनोनयनका लागि तोकेको दोस्रो दिन सोमबार नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदमा गोम्देनले उम्मेद्वारी दर्ता गराएका हुन् ।
यस्तै एमालेको तर्फबाट नगर उपप्रमुख पदमा खड्गमाया पराजुलीको उम्मेद्वारी परेको छ । एमालेले अर्जुनधारा १ नम्बर वडाको वडाअध्यक्ष पदका लागि बिष्णुलाल ढकालको उम्मेद्वारी दर्ता गराएको छ । १ नम्बर वडाका सदस्यहरुमा मदन कुमार लिमेल, दिनेश कुमार घिमिरे, मुना खत्री र इन्द्र कुमारी विश्वकर्माको उम्मेद्वारी परेको छ ।
त्यस्तै २ नम्बर वडाको वडाअध्यक्ष पदमा तुलसी प्रसाद खतिवडा र सदस्यहरुमा बल बहादुर समाल, प्रेम उपरकोटी, शर्मिला सुब्बा र विमला रोक्काको उम्मेद्वारी परेको छ । अर्जुनधारा ३ मा वडा अध्यक्षमा हरि बहादुर वाग्ले र सदस्यहरुमा नारायण प्रसाद चापागाई, भन्द्रमाया तामाङ, सुमन कुमारी राई र सितादेवी सार्कीको उम्मेद्वारी परेको छ ।
त्यस्तै ४ नम्बर वडाको वडाअध्यक्ष पदमा एकदेव खनाल र सदस्यहरुमा जित बहादुर लिम्बु, अमृत बहादुर बुढाथोकी, राधिका जवेगु र अस्मिता सार्कीको उम्मेदुवारी परेको छ । वडा नम्बर ५ मा डम्बर कुमार घिमिरेको वडाअध्यक्ष पदमा र सदस्यहरुमा लक्ष्मी प्रसाद खनाल, रोहित कुमार चौधरी, चन्द्र कुमारी तामाङ र रिता नेपालीको उम्मेद्वारी दर्ता भएको छ । ६ नम्बर वडाको अध्यक्ष पदमा दिवाकरलाल चौधरी र सदस्यहरुमा टुंमानाथ काफ्ले, भिम राई, रमा निरौला र कल्पना विश्कर्माको उम्मेद्वारी दर्ता भएको छ । ७ नम्बर वडामा गोविन्द प्रसाद भट्टराईको वडाअध्यक्ष पदमा उम्मेद्वारी परेको छ भने सदस्यहरुमा गोबिन्द प्रसाद खतिवडा, हरी बहादुर कटुवाल, देव कुमार राई, पार्वता देवि न्यौपाने र जानुका विश्कर्माको उम्मेद्वारी दर्ता भएको छ । ८ नम्बर वडाको वडाअध्यक्ष पदमा कुमार प्रसाद उप्रेतीको उम्मेद्वारी परेको छ भने सदस्यहरुमा ऋषी प्रसाद घिमिरे, मनोज कुमार रैका थापा मगर, मन्जु टुडु र सुजता रसाइलीको उम्मेद्वारी दर्ता भएको छ।
९ नम्बर वडाको वडाअध्यक्ष पदमा नरेन्द्र बहादुर राईको उम्मेद्वारी परेको छ भने सदस्यहरुमा बुद्धिमान लिम्बु, अम्बर बहादुर थापा, गौरीमाया चिमरिया नेपाल र खड्गमाया पौडेल वि.क.को उम्मेद्वारी परेको छ । वडा नम्बर १० को वडाअध्यक्ष पदमा भुपेन्द्र न्यौपाने र सदस्यहरुमा रुपेश लिम्बु, डम्बर हादुर धौराली, तुलसा बिष्ट महतारा र सिता परियारको उम्मेद्वारी परेको छ । ११ नम्बर वडाको वडाअध्यक्ष पदमा खगेन्द्र इङ्नामको उम्मेद्वारी परेको छ । सदस्यहरुमा एमालेका तर्फबाट पूर्ण बहादुर राई, केशव अधिकारी, शुसिला गिरी र सिता कडेल दर्जीको उम्मेद्वारी परेको छ।
प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसहित एमालेले अर्जुनधारा नगरपालिकामा सबै ५७ वटा पदमा उम्मेद्वारी दर्ता गराएको हो ।