लक्ष्मीपुर ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस अर्जुनधारा–५ ले घरदैलो अभियान गरेको छ ।
कांग्रेसका जिल्ला सदस्य एलबहादुर गिरीको नेतृत्वमा उम्मेद्वारसहितको टोलीले बुधवार अर्जुनधारा–५ स्थित बिहीबारे बजार तथा आसपासको क्षेत्रमा घरदैलो अभियान गरेको हो ।
अभियानमा वडाअध्यक्षका उम्मेद्वार हरि खड्का, खुल्ला सदस्य अर्जुन कडेल, कृष्ण तामाङ, महिला सदस्य सीता बन र दलित महिला सदस्य कमला विश्वकर्मासहित वडाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । अर्जुनधारा–५ मा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धनबाट उम्मेद्वार चयन भएका हुन् ।
अभियानका क्रममा मतदाताको घरघरमा पुगेर आफु निकट उम्मेद्वारलाई भोट दिन कांग्रेसले आग्रह गरेको थियो ।