सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र), नेकपा(एकीकृत समाजबादी), जनता समाज पार्टी र नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र रुपमा मेयरको उम्मेद्वार मनोनयन दर्ता गराएका शेरबहादुर थापाबीच संयक्त गठबन्धन भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र मेयर पदमा मनोनयन दर्ता गराएका उम्मेद्वार शेरबहादुर थापा र उपमेयरमा नेकपा एसकी अम्बिकादेबी महत उप्रेतीलाई दिने निर्णय भइसकेको नेकपा एसका नगर सचिव तथा गठबन्धनको प्रचारप्रसार समितिका सदस्य पुर्णकुमार नेवारले जानकारी दिए ।
त्यस्तै माओवादीलाई मुख्य/मुख्य वडाअध्यक्ष तथा सदस्य त्यस्तै जसपालाई पनि वडाअध्यक्ष तथा सदस्य दिने छलफल भइरहेको उनले बताए । मेयरमा थापा र उपमेयरमा उप्रेतीको टुङ्गो लागसिकेको र अन्य पार्टीसँग पनि बार्ता तथा छलफल भइरहेको उनले बताएका छन् ।