बिर्तामोड ।
नेकपा (एकीकृत समाजवादी )पार्टीबाट बिर्तामोडमा उप–मेयर सहित ५ वडा अध्यक्ष र १४ जना सदस्यको उम्मेद्बारी परेको छ।
सो पार्टीवाट उप प्रमुखमा तीर्थ सिग्देलसहित वडा न १ वाट अध्यक्षमा केदार ओडारी, ३ मा पुन्यप्रसाद अर्याल, ४ बाट श्रीप्रसाद सिटौला, १० बाट चेतानन्द निरौला छन् । वडा सदस्यमा १४ जनाको उम्मेद्बारी परेको सो पार्टीले जनाएको छ । नगरमा राम्रो उपस्थिति रहेकोले घर दैलो अभियान र टोल सभाको योजना अगाडि सारिएको पार्टी उप सचिब बीपी भट्टराईले बताए ।
बिर्तामोडमा उप प्रमुख उठेका सिग्देल लामो समयदेखि पत्रकारिता र लेखन कार्यमा सक्रिय ब्यक्ति हुन् । बिगत ३० वर्षदेखि राजनितिक कार्यकर्ताका रुपमा कृयाशिल सिग्देलको उम्मेद्बारीले बिर्तामोडको चुनावी माहौल तातेको छ । उनले आफ्नो २५ बुदे अवधारणा पत्र सार्वजनिक गर्दै नगर विकासको खाका प्रस्तुत गरेका छन् ।