लक्ष्मीपुर । 

नेकपा एमाले अर्जुनधारा नगरपालिका वडा नम्बर ५ ले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घरदैलो अभियान शुरु गरेको छ । 

पार्टीले वडाको उम्मेद्वारका रुपमा मनोनयन दर्ता गरेपछि मंगलबारबाट घरदैलो अभियान शुरु गरेको हो । 

एमालेको अर्जुनधारा–५ बाट वडाअध्यक्षमा डम्बर घिमिरे, खुल्ला सदस्यमा लक्ष्मी खनाल, रोहित चौधरी र चन्द्रा तामाङले मनोनयन दर्ता गरेका छन् भने रिता नेपालीले दलित सदस्यका रुपमा मनोनयन दर्ता गराएको वडाअध्यक्षका उम्मेद्वार घिमिरेले जानकारी दिए । 

उम्मेद्वारसहितको टोलीले घरदैलो अभियानका क्रममा बिहीवारे बजार हुँदै मतदाताको घरघरमा पुगेर भोट माग्ने वडाअध्यक्षका उम्मेद्वारले बताए । घरदैलो अभियानमा वडाअध्यक्ष ध्यानबहादुर भारती, सदस्य सकुन्तला घिमिरेसहित पार्टीका नेता तथा कार्यकर्ताकोको सहभागीता रहेको थियो ।