झापा । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट हल्दीबारी गाउँपालिकाको अध्यक्षमा भवानीप्रसाद दंगाल(भानु) र उपाध्यक्षमा टीकादेवी राउतले मनोनयन दर्ता गराएका छन् । 

पार्टीका क्षेत्रिय संयोजक समेत रहेका भानु र राउत प्रतिभाशाली युवा नेताका रुपमा पार्टीमा परिचित छन् । त्यसैगरी शिवसताक्षी नगरपालिकाको उपाध्यक्षमा नगरका अध्यक्ष युवा नेता महेन्द्र भट्टराईले मनोनयन दर्ता गराएका छन् ।

भट्टराई प्रतिभाशाली र जनतामाझ लोकप्रिय नेताका रुपमा चिनिन्छन् । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।