धरान ।
आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि नेकपा एमाले धरान उपमहानगरले २० वटै वडाहरुमा उम्मेद्धवारहरुको नामावादी टुंगो लगाएको छ ।
१ देखि २० वटा वटाहरुबाट उम्मे्द्धवार हुने नामावाली टुंगो लगाएको नेकपा एमाले धरान उपमहानगरका अध्यक्ष हर्कजंङ एभेङले वताए ।
अध्यक्ष एभेङले उम्मेद्धवार छनौट सर्व सम्मत भएको बताए । निर्वाद रुपमा जनताले रुचाएका उम्मेद्धवार भएकाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्ने उनको भनाई छ ।
यसअघि नै धरान उपमहानगरको मेयर र उप मेयरका लागि नेकपा एमाले केन्द्रिय कमिटीको वैठकले उम्मेद्धवार टुङ्गो लगाएको छ । मेयरका लागि मन्जु भण्डारी सुवेदी र उप मेयरमा पदप इस्वो ( लिम्वु ) रहेका छन् ।
उम्मेद्धवारहरुले आज(सोमबार ) निर्वाचन कार्यालयमा धरानमा उम्मेद्धवारी दर्ता गर्दैछन् । त्यस्तै २० वटै वडामा अध्यक्ष तथा सदस्यहरुले उम्मेद्वार दर्ता गर्ने जनाइएको छ ।