• रामप्रसाद डुङ्गेल 

दुबई । 

देरा दुबई स्थित युनियनमा संचालित नमस्ते रेस्टुरेन्ट नेपालीहरुको रोजाइको रेस्टुरेन्ट बन्दै गएको छ । शुद्ध, सफा, ताजा अनि सुलभ दरमा नेपाली परिकारहरु पस्किरहेको यो रेस्टुरेन्टले सफलतापुर्वक ६ वर्ष पूरा गरी सातौ वर्षमा पाइला टेकेको छ । 

मौलिक नेपाली खानाका स्वादिष्ट परिकारहरुको बिक्रीवितरण गर्ने नमस्ते रेस्टुरेन्ट युएईमा कार्यरत नेपालीहरुको रोजाईको रेस्टुरेन्ट बन्न सफल भएको हो । 

युएइको  ब्यवसायिकक यात्रा महेन्द्र पौडेलले सन् २०१२ बाट गरेका थिए । रोजगारीको सिलसिलामा युएई आएका  पौडेलले श्रीमती मन्जुको आँट र भरोसा पाएर युएईको व्यवसायिक क्षेत्रमा  नेपालीको सगरमाथा रेस्टुरेन्ट बरदुबईमा स्थापना गरेका थिए । आफ्ना साडु दार्इ  र जेठान दाइलाई पनि ब्यवसायिक सहयात्री बनाएका पौडेल अहिले सबै जना आ–आफ्नो क्षेत्रमा जमेर काम गरेको देख्दा उनीहरूको सफलतामा गौरव गर्छन्। 

पौडेलले दोस्रो सफलताको रूपमा  देरा एरीयामा नेपाली रेस्टुरेन्टको अभाव महसुस गरी २०१६ फेब्रुअरी २५ बाट नमस्ते रेस्टुरेन्ट संचालन गरेका हुन् ।  यो नमस्ते रेस्टुरेन्ट देरा दुबईको सफलताको छैठो बर्ष गाठ मनाउन पाउँदा अत्यन्त खुशी रहेको संचालक पौडेल दम्पतीले बताए। 

यो सफलता खास गरी भगवान सरी रहेका ग्राहक बर्ग जस्ले  माया गरि नमस्ते रेस्टुरेन्टलाई मन पराई दिएकोले यो यात्रा यहाँसम्म आइपुगेको जनाएका छन् । ग्राहकहरुको निरन्तर माया र रुचिलाई हामीले ध्यान दिदै खुशी राख्दै यो आजको दिनसम्म ल्याइ  पुराउन सहयोग गर्नुहुने सम्पुर्ण ग्राहक प्रति धेरै धेरै धन्यवाद व्यक्त गर्दै आभारी रहेको प्रतिक्रिया दिएका छन् । 

छैटौं बार्षिकोत्सवको अवसरमा खासगरी रेस्टुरेन्टमा आउने ग्राहक बर्गसंग प्रत्यक्ष प्रस्तुत भै ग्राहकको सेवामा अहोरात्र खटिईरहने  सम्पुर्ण रेस्टुरेन्टका कर्मचारी साथीहरु सबैमा बिशेष धन्यवाद दिए। 

यसैगरी आउदो वर्षमा पनि यस्तै माया र सहयोगको आश गर्दै अझै धेरै मीठो, छिटो, राम्रो र धेरै ख्याल गरी सेवा प्रदान गर्ने बाचा समेत ब्यवसायी पौडेलले गरेका छन् । यो खुशीयालीमा आज एकदिनको लागि हामीलाई हजुरहरुको लागी केही मायाको चिनो (प्रसाद) ग्रहण गर्ने मौका दिइने जानकारी गराइएको छ । 

लमजुङ स्थायी घर भएका महेन्द्र पौडेल र मन्जु गौली पौडेलले सञ्चालन गरेको यो रेस्टुरेन्टले बरुदुबईको बसपार्क एरियामा दर्शन नमस्ते रेस्टुरेन्ट पनि सञ्चालन गरेको छ । अधिकाश नेपाली कामदार रहेका नमस्ते र दर्शन नमस्ते दुबै रेस्टुरेन्ट युएईका नेपालीहरुको रोजाइको केन्द्र बन्दै गएको छ ।