बिर्तामोड । 

नेपाल परिवार दल झापाले तीस विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरेको छ । झापाको दमकमा १०, मेचीनगर नगरपालिका –१ मा १० र बिर्तामोडमा १० परिवारलाई ब्लाङ्केट वितरण गरेको दलका झापा सचिव केदार ढुंगानाले जानकारी दिए । 

बिर्तामोडका अति विपन्न परिवार, दमक र मेचीनगरमा अपाङ्ग तथा बृद्ध÷बृद्धालाई गरी जम्मा ३० परिवालाई ब्लाङ्केट वितरण गरिएको हो । 

बिर्तामोडमा जिल्ला सचिव केदार ढुंगाना र कोषाध्यक्ष राजेन्द्रमुर्ति पन्तको नेतृत्वमा, मेचीनगरमा जिल्ला सदस्य सम्पतलाल राजबंशीको नेतृत्वमा र दमकमा झापा अध्यक्ष मोहन पाण्डेको नेतृत्वमा ब्लाङ्केट वितरण गरिएको सचिव ढुङ्गानाले बताए ।