बिर्तामोड ।
नेपाल आईडल सिजन –४ को टप ८ मा परेर भोटीङ राउण्डमा पुगेर प्रतिष्पर्धा गरिरहेका नामगेल तामाङलाई नेपाल आईडल सिजन –४ को बिजेता बनाउन भोट गरिदिन उनकी आमा गीता तामाङले आग्रह सवै समक्ष आग्रह गरेकी छिन् ।

झापा बिर्तामोडका नामगेल तामाङलाई नेपाल आईडल सिजन –४ को बिजेता बनाउन उनकी आमासहित परिवारले आग्रह गरेका हुन । नामगेल तामाङलाई भोटीङ गर्न स्वदेशमा रहने शुभचिन्तकहरुले आफ्नो मोबाइलमा सेलपे र विदेशमा रहनेले सृष्टी एप डाउनलोड गरी त्यसमा भोटिङ कोड ०७ टाइप गरी ३७००० मा सेन्ड गर्न सकिने उनले बताइन् ।
एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको उक्त काइक्रम बिहीबार राति १० बजेदेखि सोमबार दिउँसो १२ बजेसम्म भोटिङ खुल्ला गरिएको बताउँदै उनले बढीभन्दा बढी भोट गरेर नामगेललाई बिजेता बनाउन आग्रह गरिन् ।
झापाको बिर्तामोडमा रहेर आफ्नो साँगितीक यात्रा अगाडी बढाउँदै गएका उनी नेपाल आईडल सिजन– ४ मा सहभागी हजारौं प्रतिस्पर्धीमध्ये १ सय २६ मा छानिएर १ सय १६ जनालाई पछि पार्दै टप ३० मा परेका थिए । उनी टप ३० मध्येबाट आफ्नो उत्कृष्ठ प्रस्तुतीका आधारमा टप १२ हुँदै टप ८ मा पुगेका छन् ।
नामगेल तामाङलाई नेपाल आईडल सिजन– ४ को बिजेता बनाउन संगितकार जोनी तामाङको संयोजकत्वमा नामगेल तामाङ जिताउ अभियान समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा विशाल अग्रवाल, कृति भट्टराई, अपेक्षा राई, आयुस गुरुङ, अनिष पुडासैनी, राहुल राई, नसिव मगर, ललीत राजवंशी, अनिस सुवेदी, आशिष बुढाथोकी, सन्देश गुरुङ र विजय पाँचकोटी रहेका छन् ।
नामगेल तामाङ जिताउ अभियान समितिले अहिले प्रचारप्रसार र भोटिङ अभियानलाई तीव्रता दिएको नामगेल तामाङ जिताउ अभियान समितिका संयोजक जोनी तामाङले बताए ।
बिर्तामोडको सरगम संगीतालयमा संगीत र भोकल सिकेर गायन कलामा अब्बल नामगेल तामाङलाई नेपाल आईडल सिजन –४ को बिजेता बनाउन भोट गरिदिन उनका संगीत गुरु सरगम संगीतालयका प्रवन्ध निर्देशक दिपक रायमाझीले आग्रह गरेका छन् ।
जुनसुकै प्रकारका गीत गाउन सक्ने गुण भएका नामगेल तामाङलाई बिजेता बनाउन भोट गरिदिन आशिष बुढाथोकी, लोकेश अधिकारी, ताजी राई, गोविन्दप्रसाद भट्टराईलगायतले आग्रह गरेका छन् । नामगेल तामाङलाई नेपाल आईडल सिजन –४ को बिजेता बनाउन भोट गरिदिन प्रचारप्रसारका लागि बुधबार मोटरसाइकल र्याली गरिने बताइएको छ ।