- प्रकाश उप्रेती
झापा ।
नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने उद्देश्यले संघीय सरकारले झापामा सवा करोडबढी बजेट बिनियोजन गरेको छ । ल्याब बिनाका वडास्तरका स्वास्थ्य कार्यालयमा ल्याब उपकरणको ब्यबस्थापन र सामुदायिक बिद्यालय प्रयोगशाला तथा पुर्वाधार बिकासका लागि २०७७/७८ सालको बजेटलाई यो पटक सदुपयोग गरिएको प्रदेश नम्बर-१ का सांसद सुरेन्द्र कार्की पार्थले बताए ।
कार्यक्रम अन्तरगत झापाका ८ वटा वडाहरुमा अत्याधुनिक प्याथोलोजी (बिद) स्थापना गर्न आवस्यक सामाग्री र मेचीनगरका ३ वटा वडामा Hematology Anylyzer (3 part ) ल्याब सुचारु गर्न १ करोड रकम विनियोजन गरेको हो ।
सर्वसाधारणलाई पहुँच पुग्ने स्थानीय ल्याब बिनाका वडा स्वास्थ्य कार्यालयमा ल्याब उपकरणसहित जडान गरि दक्ष प्राबिधिकको दरबन्दी माग गर्ने योजना रहेको छ । नगरबाट दक्ष प्राबिधिक आह्यन गरि आवश्यक कर्मचारी पुर्ती गर्ने योजना रहेको सांसद कार्की पार्थको भनाइ छ ।
त्यसैगरी स्थानीय पालिका बजेट कार्यक्रम अन्तर्गत सरकारी एबम् सामुदायिक बिद्यालयमा सूचना(प्राबिधी प्रयोगशाला, बिज्ञान प्रयोगशाला, पुस्तकालय निर्माण, खेल मैदानको ब्यबस्थापनका लागि १० लाख बजेट बिनियोजन गरिएको छ ।
आदिवासी(दलित महिला उथानका लागि ऎतिहासिक साहित्य(संस्कृतिको जगेर्ना गर्न पुरातात्बिक सम्पदा निर्माण (संरक्षण गर्न १० लाख बजेट बिनियोजन गरेको छ ।
त्यस्तै झापाको मेचीनगरका १६ वटा सामुदायिक बिद्यालयमा सूचना-प्राबिधी प्रयोगशाला, बिज्ञान प्रयोगशाला, पुस्तकालय निर्माण, खेल मैदानको ब्यबस्थापन, स्वाच्छ पिउने पानी, बालिकाका लागि सेनेटरी प्याड मेसिनको ब्यबस्थापकका लागि ७० लाख बिनियोजन गरेको सांसद सुरेन्द्र कार्कीले जानकारी दिए ।
स्थानीय बिकास साझेदारी नीति कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/७८ सालको उक्त बजेट बिनियोजन गरिएको प्रदेश नम्बर–१ का सांसद सुरेन्द्र कार्की पार्थले बताए ।
बुद्धशान्ति गाउँपालिकाको सामुदायिक स्वास्थ्य इकाई सट्टा भर्ना वडा–४, इकाई स्वास्थ्य केन्द्र बर्ने(४ सामुदायिक स्वास्थ्य इकाई शान्तिनगर–६, सामुदायिक स्वास्थ्य इकाई सुनमाई–७ मा अत्याधुनिक प्याथोलोजी (बिद) स्थापना गर्न आवश्यक सामाग्रीका लागी प्रत्येक कार्यालयमा २ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको छ । सामुदायिक स्वास्थ्य इकाई सुनमाई–७ को कम्पाउण्ड गर्न १० लाख छुट्याएको छ ।
झापाका सामुदायिक बिधालयमा ब्यबस्थित ल्याबको प्रयोगशाला नभएको अबस्थामा प्रदेश सरकारले ल्याब ब्यबस्थापनका लागि बजेट बिनियोजन गरेकोले अध्ययरत बिध्यार्थीका लागि अनुकरणिय काम हुनेछ ।