बिर्तामोड।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु झापाले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको बिरोध गरेको छ ।
अनेरास्ववियु कमिटी झापाका विद्यार्थी नेताले सांकेतिक रुपमा जुलुस र खबरदारी गरेका गर्दै मूल्यबृद्धि विरुद्ध विरोध जनाएका हुन् । उनीहरुले परमादेशी सरकारको निरन्तर अस्वाभाविक मुल्यवृद्धि गरेको भन्दै आम नागरिकलाई दैनिक जिवनमा समस्या परेकाले बिरोध जनाएको बताएका छन् ।
झापाको बिर्तामोडस्थित मुक्तिचौकमा कोणसभालाई संबोधन गर्दै संगठनका अध्यक्ष रोशन लामाले नेता मुखी सत्ता र संविधान बिपरित सरकार भएकाले जनताले दुः ख पाएको बताए । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलनको नेतृत्व झापाबाट हुने चेतावनी समेत दिए।
यस्तै एमाले जिल्ला कमिटी सदस्य टिका मंग्रान्तिले जनताको ढाड सेक्ने र ओली सरकारले ब्यबस्थापन गरेको खोपसमेत लुकाएर सरकारले बितन्डा मच्चाएको आरोप लगाए ।