झापा ।

 द भ्वाइस अफ किड्स सिजन १ कि उपबिजेता अनुजा कडरियालाई भद्रपुर बिमान स्थलमा स्वागत गरिएको छ । कडरिया बन्धु सेवा समाजका अध्यक्ष हरिप्रसाद  कडरिया, सोशयल वेलफेयर फाउण्डेसन सचिव विवेक शाह, युथ डेभलपमेन्ट हाउसका अध्यक्ष प्रज्वल कडरियासहित  विभिन्न संघसंस्थाले विमानस्थल परिसरमा अनुजालाई सम्मान समेत गरेका थिए ।

विमानस्थलबाट चन्द्रगढी चारआली हुँदै आइतबार उनलाई बिर्तामोडस्थित घर ल्याइएको थियो । प्रतियोगिताको पहिलो चरण ब्लाइन्ड अडिसनमै चारैजना निर्णायकको कुर्सी फकार्उन सफल अनुजाले विभिन्न राउण्डमा धमाकेदार प्रस्तुति दिँदै ग्राण्ड फिनालीसम्मको यात्रा तय गरेकी हुन् ।

झापा बिर्तामोडकी अनुजा शास्त्रीय संगित लगायत अन्य विद्यामा अब्बल छिन् । प्रतियोगितामा उनले एकपछि अर्को फरक विद्याका गितहरु गाउँदै निर्णायकका साथै दर्शकको मन जित्दै आइरहेकी थिइन् ।