बिर्तामोड ।
झापा बिर्तामोडमा वरिष्ठ लोक गायक सुरेश गन्धर्वलाई सम्मान गरिएको छ । सोही अवसरमा बिर्तामोडस्थित बाल्मिकी बिद्यालयको कक्षा २ अध्ययनरत ७ बर्षिया रोहिका तिम्सिनाले लोक गायक गन्धर्वको गीत गाएकी छिन् ।

बाल गायिका रोहिकाले ‘रिङ्की बुङ्गको राँगालाई’ बोलको लोक गायक गन्धर्वको गीतलाई गाएर सवैलाई मनोरञ्जन दिलाएकी थिइन् । बालगायिका रोहिकाले लोक गायक गन्धर्वको रिङ्की बुङ्गको राँगालाई बोलको गीत किड्स भर्जन समेत गाएर दर्शकमाझ ल्याउने भएकी छिन् ।
बिर्तामोडको सरगम संगितालयका सञ्चालक दिपक रायमाझीले लोक गायक गन्धर्वलाई शुक्रवार बिर्तामोडस्थित सरगम संगितालयमा सम्मान गरेका थिए । सोही कार्यक्रमकाबीच बालगायिका रोहिकाले लोक गायक गन्धर्वको गीत गाएर सवैलाई आचार्यचकित बनाएकी उनका बुबा राम तिम्सिनाले बताए ।
रोहिकाले गन्धर्वको उक्त गीत किड्स भर्जन गाएर एक हप्तापछि युट्वमार्फत सार्वजनिक गर्ने उनका बुबा रामले जानकारी दिएका छन् ।रोहिका सरगम संगितालयमा संगीत पनि सिक्दै गरेकी छिन् ।