दमक । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपाल झापाले विपन्न परिवारका बालबालिकालाई जाडोको कपडा वितरण गरेको छ । 

बिहीवार कमल गाउँपालिका वडा नं २ स्थित नरेन्द्र जनता माध्यमिक बिद्यालयमा अध्ययनरत ५० जना बालबालिकालाई युवा संघले जाडोको न्यानो कपडा ज्याकेट वितरण गरेको हो । 

नरेन्द्र मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीमा झापा सचिव मणिकुमार भण्डारीको प्रमुख आतिथ्य रहेको थियो भने विशेष आतिथ्य बिद्यालयका प्रधानाध्यापक गंगा प्रसाई रहेका थिए । 

युवा संघ नेपाल झापा इन्चार्ज खगेन्द्र बाह्कोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रतिश राजवंंशीले गरेका थिए । कार्यक्रममा कनकाई नगर अध्यक्षसहित अन्य नेताहरुको उपस्थिति रहेको थियो ।  

युवा संघ नेपाल झापाले एकलाख रुपैयाँ बराबरको जाडोको कपडा वितरण गर्ने झापा सचिव प्रतिक राजवंशीले जानकारी दिए । भोली (शुक्रवार) झापा गाउँपालिकास्थित चप्रामारी माध्यमिक बिद्यालय र बाह्दशीस्थित गौरीशंकर उच्च माध्यमिक बिद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिने सचिव राजवंशीले बताए ।