जलथल ।
नेपाली काँग्रेस हल्दिबारी–०३ अन्तरगत का ४ वटा टोल समिति गठन कार्यक्रम मंगलबार (आज) सम्पन्न भएको छ । पौष–७ बाट सुरु गरिएको कार्यक्रम आज सम्म सबै टोल कमिटी गठन गरी सम्पन्न गरिएको हो। पौष ७ गते टोल नम्बर १, पौष १२ गते टोल नम्बर २, पौष १७गते टोल नम्बर ३ र पौष २० गते (आज) टोल नम्बर ४ कमिटी गठन गरिएको थियो। साबिकको वडालाई एउटा टोल मानेर हल्दिबारी–३ मा ४ वटा टोल कमिटी गठन कार्यक्रम गरिएको वडा समिति सह–सचिव गुणराज निरौलाले जानकारी दिएका छन्।
टोल नम्बर १ सभापतिमा डिल्ली राम उप्रेती , उपसभापतिमा दुर्गा वन, पदमबहादुर वन, सचिब देउबहादुर सिंजाली, रूद्र वन, कोषाध्यक्षमा कुलबहादुर गिरी लगायत १९सदस्य टोल समिति गठन भएको छ। टोल नम्बर २ मा सभापति रत्न बहादुर गिरी, उपसभापति बमबहादुर वन, साहेब मर्डि, सचिब भोलानाथ गिरी , सबिन लिम्बू तथा कोषाध्यक्ष मुक्तिनाथ ढुङ्गेल लगायत १९सदस्य समिति गठन भएको छ।
टोल नम्बर ३ मा सभापतिमा दिल बहादुर गुरूङ, उपसभापति मिना दाहाल र नरेन मेचे सचिव गिता उप्रेती, कोषाध्यक्ष भबिन्द्र गिरी लगायत १९ सदस्य समिति गठन गरिएको छ।
त्यस्तै टोल नम्बर ४ मा सभापतिमा रामप्रसाद न्यौपाने, उपसभापति मंगलसिहं मेचे र मिरा दाहाल, सचिब भिम काफ्ले र सरिता अधिकारी, कोषाध्यक्ष हेमन्त मैनाली लगायत १९सदस्यीय समिति गठन गरी जिम्मेवारी प्रदान गरिएको हो। संगठन बिस्तार तथा टोल समिति गठन कार्यक्रममा नेपाली कांग्रेस हल्दिबारी गाउँसभापति गंगा प्रसाद प्रसाईं उपसभापति होम चुडाल सचिब तारा ढुङ्गेल वडा नं. ३ सभापति धनबहादुर शावा, सचिब दाताराम खतिवडा, गाउँ कार्य समिति सदस्य प्रेमराज न्यौपाने, मिरा दाहाल, नारायण भुजेलको सक्रियतामा गठन कार्यक्रम सम्पन्न भएको गाउँ समिति सदस्य प्रेम राज न्यौपाले बताए ।