धरमपुर ।
नेपाली कांग्रेसका नेता मचिन्द्र शेर्माले आफ्ना बुवा आमाको स्मुति दिवस बिद्यालयमा विविध कार्यक्रम गरेर मनाएका छन् ।झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ देवदुत चोकको हिमाली आधारभुत विद्यालयको संस्थापक अध्यक्ष समेत रहेका शेर्माका बुवा हंशवीर शेर्माको १६ औ स्मृती दिवस शेर्मा परिवारले मनाएका हुन् ।
उनले आमा नुतनको पनि सो कार्यक्रममा स्मरण गरेका थिए । २०३५ सालमा स्थापना भएको सो विद्यालयको व्यवस्थापन समितिको मचिन्द्रका बुवा हंसवीर शेर्मा अध्यक्ष थिए । बुवाकै नेतृत्वमा स्थापना भएको विद्यालयलाई स्वर्गारोहण पछि वर्षेनि विविध कार्यक्रम गर्दे उनको स्मरण गरिएको मचिन्द्रले बताएका छन् ।
काठमाण्डौ झापा सम्पर्क समितिका उपसभापति समेत रहेका शेर्मा नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार फोरमका केन्द्रिय सहसचिव हुन् । नेपाली कांग्रेसको १४ औ राष्ट्रिय महाधिवेसन प्रतिनिधिका लागि शेर्माले सर्वाधिक मत पाएर महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएका थिए । कोरोना कहरका कारण शेर्मा परिवारले अघिल्ला दुई वर्ष विद्यालयमा कुनैपनि कार्यक्रम गर्न नपाएको मचिन्द्र पत्नि लोचनाले बताइन् ।
शेर्मा परिवारले विद्यालय हातामा विद्यार्थी खेल्नका लागि फलाममे पीङ समेत निर्माण गरेका छन् । यस्तै विद्यालयका विद्यार्थीलाई पोशाक, जुत्ता, मोजा, मास्क र शैक्षिक सामग्री प्रदान गरेका छन् । विद्यालयका प्रधानाध्यापक सन्त मावोका अनुसार शेर्मा परिवारको वर्षेपिच्छेको यो रचनात्मक कार्यक्रमले विद्यार्थीलाई थप आकर्षित गरेको छ ।
मचिन्द्र र लोचना, प्रविन र देवी श्रेष्ठ शेर्मा हंशवीरका छोरा बुहारी हुन् । जेठा पदम प्रसादको स्वर्गारोहण भइसकेको मचिन्द्रले बताए । ‘हाम्रो परिवारले विद्यालयमा १ लाखको अक्षय कोष स्थापना गरेको छ । त्यै कोषबाट आएको व्याज र नपुगेको रुपैयाँ थप गरि वर्षेनी विद्यालयमा विविध कार्यक्रम हुने गरेको छ,’कान्छा छोरा प्रविनले भने । ‘हामी रहुञ्जेल विद्यालयमा केहि न केहि कार्यक्रम वर्षेनी हुन्छ ।’विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्न सोमबार नेपाली कांग्रेस झापाका सभापती देउकुमार थेवे विद्यालय हातामै पुगेका थिए ।
शेर्मा परिवारले विद्यालयका जग्गा दाता मानवहादुर राई पत्नी सरमाया राईलाई पनि सम्मान गरेको छ । यस्तै विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेतलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । यसरी सम्मान पाउने विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरुमा चन्द्रवहादुर मावो, विरवहादुर राई , गणेश राई, नकलमान शेर्मा, कृष्णबहादुर चेम्जोङ्ग र प्रेम राई हुन् ।