झापा ।
नेपाल कम्युनष्ट पार्टी (आमोवादी केन्द्र) को केन्द्रीय सदस्यमा झापाका धर्मशीला चापागाई र लक्ष्मी न्यौपाने (सरु) निर्विरोध चयन भएका छन् ।
झापाली क्रान्तिकारी आन्दोलन र बर्गमुक्ती आन्दोलनमा अविचलित योद्धाका रुपमा रहेका चापागाई र न्यौपाने पार्टीको ८ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विरोध चयन गरेको हो ।
त्यसैगरी पाँचथरबाट युवा नेता इन्द्रबहादुर आङ्बो (मौसम) र महिला नेतृ सीता थेबे साथै इलामबाट धिरेन्द्र शर्मा (रमण) केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।