सुरुङ्गा । 

नेपाली माइकल ज्याक्सन उपनामले परिचित चर्चित गायक धिरज राई नयाँ बर्ष सन् २०२२ मनाउन झापाको सुरुङ्गाआउने भएका छन् ।कनकाई नगरपालिका सुरुङ्गास्थित होटल क्वीन प्यालेसमा (आज) शुक्रवार साँझ ६ बजेदेखि धिरज राईले सुरुङ्गा तताउने भएका छन् ।

नयाँ बर्षको अवसरमा गायक धिरज राई लाईभ साँझको कार्यक्रमको आयोजना गरिएको होटल क्वीन प्यालेसका संचालक बिजय गजुरेलले बताएका छन् ।

विश्वका धेरै देशका परिकारहरु चखाउदै आएको यस क्षेत्रको होटल क्वीनमा यसअघि समेत नेपालका चर्चित गायिका मिलन अमात्य, चर्चित हास्य कलाकार मनोज गजुरेल लगायातका कलाकारहरुले ग्राहकलाई साङगितिक मनोरञ्जन प्रदान गरिसकेका छन् ।

यसपट होटल क्वीनले चर्चित गायक धिरज राईलाई होटलमा उतारेको छ । राईका फ्यानहरुले उनका कालजयी गितहरु सुन्दै नयाँ बर्षलाई स्वागत गर्ने अवसर प्राप्त गर्ने छन् ।