झापा । 

पछिल्लो समय साउथ फिल्मको लोकप्रियता बढेर गरेको छ । साउथ फिल्मको एक्सनले सवै दर्शकलाई मनोरञ्जन दिने गरेको छ । साउथ फिल्मका अभिनेता अल्लु अर्जुन, महेश बाबु, विजय, जुनियर एनटिआर, पवन कल्याणलगायतका कलाकारहरुका फिल्मले दर्शकलाई सिनेमा घरसम्म तान्ने गरेको पाइन्छ । हालसालै आएको अल्लु अर्जुनको फिल्म पुष्पा द राइजले पछिल्लो समय निकै चर्चा बटुली रहेको छ । 

साउथ सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दानाको फिल्म ‘पुष्पा द राइज’ लाई दर्शकले निकै मनपारइरहेका छन् ।  यो  फिल्म १७ डिसेम्बरमा सिनेमाघरमा  रिलीज भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। फिल्मले  दर्शकको मन जित्दै गएको छ ।

साउथ  इन्डस्ट्रीको यो फिल्म हिन्दी भाषामा पनि रिलीज भएको हो ।  अल्लू अर्जुन र रश्मिका मन्दानाका  हिन्दी भाषी दर्शक धेरै खुसी भएका छन् ।  पुष्पा द राइज फिल्मले एक हप्तामा जम्मा २६.८९ करोड कमाई सकेको छ । आन्ध्र प्रदेशको पडाडी क्षेत्रमा रक्त चन्दन तस्करीको कथालाई समेटेर फिल्म तयार गरिएको छ । 

एजेन्सीको सहयोगमा