झापा ।
झापाको दमक नगरपालिका–४ मा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका–५ का २१ बर्षिय निर्मल खवासको रहेका छन् ।
बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
गाडी तथा गाडी चालक धनकुटा नगरपालिका–१० का २७ बर्षिय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।