सुनसरी ।
सुनसरीको ईटहरी उप–महानगरपालिका–४ मा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी–४ का ५१ बर्षिय श्रीमुरारी गिरी रहेका छन् ।
गिरी कै घरमा बस्दै आएका सालो १९ बर्षिय अर्जुन राईले गिरीको छातिमा छुरा प्रहार गरेका थिए । घाईते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
छुरा प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।