झापा ।
झापा बाह्रदशी गाउँपालिका ३ त्रिबेणी चोकमा भएको सवारी दुर्घटनामा भेन चालकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
चारपाने राजगढ सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्र. १–०१–००१–ख ३५२४ न.को बस र बिपरित दिशाबाट जादै गरेको मे १ च २२२६ नं.को भेन एक आपसमा ठोक्दिा दुर्घटना भएको थियो । दुर्घटनामा परी भेन चालक बाह्रदशी ं.१ का भागडुब्बा बस्ने बर्ष ३४ का प्रमोद चन्द्र उप्रेती (मिलन) को उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सोही बस्ने बर्ष ५५ की किमारी निरौला, बर्ष ५५ की गिता घिमिरे, बर्ष २१ की रन्जिता निरौला, बर्ष १७ की दुर्गा घिमिरे र कचनकवल १ . बर्ष १२ को बिशाल पौडेल घाइते भएका छन् ।
घाइतेहरुको बीएण्डी अस्पाताल बिर्तामोड उपचार भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।