काँकडभिट्टा ।
झापाको काँकडभिट्टाबाट सप्तरंग–३ यात्रा सुरु हुने भएको छ । भोलि शुक्रवार मसिर २४ यस कार्यक्रम पूर्वी भागबाट सुरु हुने भएको हो । नेपालका सातै प्रदेशमा ‘सप्तरंग–३’को आयोजना हुने र कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु सहभागी हुँदैछ ।

गृष्मा ब्रोर्डकास्टिङको आयोजना मा हुने ‘सप्तरंग–३’ ले सातै प्रदेशमा हजारौ दर्शक माझमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत् प्रष्टाउनु नै ‘सप्तरंग’को मूल आशय स्वरुप आयोजना हुन लागेको हो ।
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारले प्रस्तुति दिने आयोजक समिति प्रदेश न १ का कार्यक्रम संयोजक बिकास घिमिरेले जानकारी दिए ।
पहिलो र दोस्रो संस्करण सम्पन्न भइ सकेको कार्यक्रम तेस्रो पटक काँकडभिट्टामा हुन लागेको हो । २४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा सम्पन्न हुनेछ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ।
‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्यकलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीजस्ता कलाकारहरु पूर्वी नेपालको काँकडभिट्टा आउँदै छन् । काँकडभिट्टामा हुने कार्यक्रममा हजारौ दर्शकको उपस्थिति रहने आयोजकले अनुमान गरेको छ ।