बिर्तामोड । 

 निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा मिलन वस्नेत निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी मौसम थापा र गगन रेग्मीलाई भारी मतान्तरले पराजित गर्दै वस्नेत पुनःअध्यक्षमा निर्वाचित भएका हुन् ।  मतपरिणाम अनुसार वस्नेतले १३७ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी थापाले ६१ मत रेग्मीले २८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै तृतीय उपाध्यक्षमा कृष्णप्रसाद प्रसाईंले १४३ मत प्राप्त गर्दा प्रतिस्पर्धी रामकुमार राईले ८२ मत प्राप्त गरे ।महासचिव पदमा पुष्पराज निरौलाले १४४ मत प्राप्त गर्दा प्रतिस्पर्धी ओम पौडेलले ७९ मत प्राप्त गरे ।  सचिवमा योगेन्द्र खड्का ११८ मत प्रपप्त गर्दा लोकेन्द्र श्रेष्ठले १०२ मत प्राप्त गरे।

कोषाध्यक्ष पदमा चन्द्र खत्रीले ११९ मत प्राप्त गर्दा यज्ञनिधि भूर्तेलको पक्षमा १०३ मत झरेको थियो । तीनजनाले उम्मेद्वारी दिएको सह कोषाध्यक्ष पदमा भने दुईजनाको बराबरी मत आएपछि गोलाप्रथाबाट सिताराम ढुंगेल विजयी भएका छन् ।

ढुंगेल र अर्का प्रत्यासी हिमाल सिटौलाको बराबर ७८ मत आएपछि गोलाप्रथामा जानुपरेको निर्वाचन अधिकृत गोपालबहादुर थापाले बताए । अर्का प्रत्यासी सुरेन्द्र धिमालले ६५ मत प्राप्त गरे । पदाधिकारीमा प्रथम उपाध्यक्षमा रमेश अधिकारी र द्वितीय उपाध्यक्षमा कुमार उप्रेती निर्विरोध भएका छन् भने महिला सदस्यमा मीनादेवी भट्टराई निर्विरोध भइन् ।

कार्यसमितिमा १० जना सदस्य आवश्यक रहेकोमा १९ जनाको उम्मेद्वारी परेपछि भएको सदस्य पदको निर्वाचनमा राजकुमार राई सर्वाधिक मत १५९ मत प्राप्त गरे । नयन बराल, रमेश सेढाई, एंगल गुरुङ, प्रकाशकुमार सिंह, अनिल भट्टराई, गोपालबहादुर वस्नेत, गुणबहादुर अधिकारी, सुरेश भट्टराई र चिरनसेन थापा विजयी भएका छन् ।

२७३ मतदाता रहेको संघको निर्वाचनमा २२७ मत खसेको निर्वाचन अधिकृत थापाले बताए ।