बिराटनगर । 

सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा गपरेर २ जनाको मृत्यु  भएको छ भने एक जना घाईते भएका छन् । सुनसरीको कोशी गाँउपालिका–२ लौकहरीस्थित मधुबन सडक खण्डमा को २ त ९९६७  नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानिय ४० बर्षिय मनोज यादव घाईते भएका थिए ।

उपचारको लागि जिल्ला ईनरुवा अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालक कोशी गाँउपालिका–२ का १८ बर्षिय जितेन यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी उदयपुरको त्रियुगा नगारपालिका–११ स्थितमा बेल्टारबाट गाईघाट आउदै गरेको प्रदेश नम्बर १ –०५–००१ प ३५९२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानिय ४६ बर्षिय कर्ण सुन्दास, त्रियुगा–१३ राई चौकका चालक २९ बर्षिय बिरेन राई समेत घाईते भई उपचारको लागि न्युरो हस्पिटल बिराटनगर पठाईएकोमा उपचारको क्रममा सुन्दासको मृत्यु भएको प्रहरीले जनाएको छ।