झापा ।
झापा मेचीनगर नगरपालिका–१२ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाँउपालिका २ का ३५ बर्षिय भिमप्रसाद पौडेल रहेका छन् ।
ट्याक्टर बिग्रेर बाटो छेउमा रोकी राखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको हो ।
घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।