भद्रपुर ।
प्रदेश १ कै प्रथम बालमैत्री स्थानीय शासनयुक्त भद्रपुर नगरपालिकाले चालु आर्थिक २०७८९०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगर कार्यपालिकाको आठौँ नगर सभाबाट पारित ८३ करोड १३ लाख २ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रमको पुस्तक सार्वजनिक गरेको छ ।
सोही अवसरमा नगर विकास पत्रकारिता पुरस्कारबाट आर्थिक पत्रिका निर्माण लहर साप्ताहिकका सम्पादक रोहित काफ्ले, राजबाबु शङ्कर, लोकबहादुर कुँवरलाई पुरस्कृत गरिएको थियो । त्यस्तै पार्थ मण्डल नगर विकास प्रोत्साहन पत्रकारिता पुरस्कारबाट नगद १० हजारसहित पुरस्कृत भएका छन् ।
शङ्कर र काफ्लेलाई नगद १५ हजारको दरले र कुँवरलाई नगद १० हजारले पुरस्कृत गरेका हुन् । उनीहरूलाई प्रदेश सांसदहरू गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, पूर्णसिंह राजवंशीलगायतले सम्मान तथा पुरस्कृत गरेका थिए ।
नगरपालिकाले पूर्व जनप्रतिनिधिहरू, उत्कृष्ट करदाता, स्वास्थ्यकर्मी, नगर प्रहरी, ज्येष्ठ नागरिक, उत्कृष्ट कृषक, सहकारी, संघ÷संस्था,, बाल सञ्जाललगायत गरी ७१ जनालाई सम्मान गरेको थियो ।
।