बिरानगर ।
मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानबाट लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका पथरी शनिश्चरे–२ का २४ बर्षिय राजु मोते भन्ने विवेक मोते बिराटनगरको १ नम्बर ढाँटबाट लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल सहित पक्राउ परेका हुन् ।
यसैगरी दुहबी सि.आरभिको प्रहरी टोलीले उर्लाबारी नगरपालिका ७ का ३३ बर्षिय किरण थापा मगर र सोही स्थानका ३१ बर्षिय रामकुमार यक्चोलाई एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिजेसिक ५ एम्पुलसहित दुहबीबाट पक्राउ गरेको हो । लागू औषधसहित पक्राउ परेका उनीहरुको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।