झापा । 

झापामा हिजो छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । बिर्तामोड नगरपालिका ३ स्थित पेट्रोल पम्प आगाडि बिर्तामोडदेखि भद्रपुर जादै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाईकललाई मे १ क ७८६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालक बिर्तामोड नगरपालिका ९ का ४३ बर्षिय सम्पत राजवंशी घाईते भई बि एण्ड सी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको थियो ।

त्यस्तै  मोटरसाईकल पछाडी सवार रहेकी ३१ बर्षीया शान्ता कार्की समेत गम्भिर घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक, ट्रक चालक भद्रपुर नगरपालिका १० का ३६ बर्षिय गंगा तामाङ इलाका प्रहरी कार्यालय अनरमनीको नियन्त्रणमा रहेको छ ।

 गौरादह नगरपालिका ७ ग्वालब्बा स्थितमा बा ८ च ७७३५ नम्बरको माईक्रो भेनले  सडकको छेउमा उभिरहेका ३ जनालाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते मध्ये सोही स्थान बस्ने २८ बर्षीया सिता साहको दमक अस्पतालमा उपचारको क्रममा बेलुका ४ बजे मृत्यु भएको छ ।

घाइते घाईते सोही स्थान बस्ने १९ बर्षीया सम्झना रिसिदेव र ७ महिना की आरोसी यादवको सोही अस्पतालमा उपचार भईरहेको छ । माईक्रो भेन, चालक गौरादह ४ का ३० बर्षिय अशोककुमार माक्रा इलाका प्रहरी कार्यालय गौरीगंजको नियन्त्रणमा रहेको छ । घटना बारे  थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।