सुनसरी ।
सुनसरी ईटहरी उप–महानगरपालिका ६ बाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी ४ पान्धारेका ३० बर्षिय सन्तोष श्रेष्ठ रहेका छन् ।
प्रदेश नम्बर १–०२–०४३ प १५२ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर ३ ग्राम ५०० मिलिग्राम बरामद गरिएको हो ।
पक्राउ परेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय ईटहारीले थप अनुसन्धान गरिरहेको छ ।