मोरङ । 

मोरङ पथरीशनिश्चरे नगरपालिका १ बुद्ध चौकबाट लागू औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे २ का २० बर्षिय सल बहादुर गुरुङ  र २० बर्षिय सागर गोसनी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई लागू औषध ट्रमाडोल १४८ ट्याब्लेट र स्पास्पेन १०९ ट्याब्लेटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।