संखुवासभा ।
संखुवासभा मकालु गाँउपालिका–५ चौलाखर्कमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा हर्कबहादुर तामाङको ८ महिनाको छोरा सक्षम तामाङ रहेका छन् । घर नजिकैको माछा पोखरीमा डुबेर घाईते भएका बालकलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।