मोरङ । 

मोरङको विराटनगर महानगरपालिका– १५ बाट लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका १५ का २१ बर्षीय बिशाल खड्का रहेका छन् ।

बुधवार लागूऔषध नियन्त्रण व्यूरो विराटनगरको  प्रहरी टोलीले उनलाई लुपिजेसिक २० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल २० एम्पुल, फेनारगन १० एम्पुल , डाईजोपाम १० एम्पुल, नाईट्रोसन ३० ट्याब्लेटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।