संखुवासभा । 

संखुवासभा पाँचखपन नगरपालिका–५ खमारेमा ५६ बर्षिय रामबहादुर राईलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले बिशेष सुचनाको आधारमा राईको घरमा खोजतलास गर्दा गोठमा परालले छोपेर राखेको अवस्थामा १ थान भरुवा बन्दुक फेला परेको हो ।

पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।