झापा ।
झापाको दमक नगरपालिका– ६ फागुनन्द चौकस्थित पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा होटल संचालक दमक नगरपालिका ६ का ५० बर्षिय पवन लिम्बु, दमक १ का ३५ बर्षिय भक्तीश्वर देवान, दमक २ का ४५ बर्षिय प्रमोद लिम्बु, दमक ९ का ३५ बर्षिय रमेश महतो, पाँचथर फाल्गुनन्द ८ का ४२ बर्षिय बबिन सुब्बा आङदेम्वे, ईलाम चुलाचुली १ का ४३ बर्षिय रुपचन्द्र राई र मोरङ पथरीशनिश्चरे १ का ४७ बर्षिय राज कुमार श्रेष्ठ रहेका छन् ।
बिशेष सुचनाको आधरमा उनीहरुलाई तास खेलिरहेकै अवस्थामा नगद १ लाख ५७ हजार रुपैयाँ र तीन बुङ ताससहित ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कर्यालय दमकले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।