सुनसरी । 

सुनसरीको रामधुनी नगरपालिका –६ ईचौलमा  ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बराह नगरपालिका ६ चकरघट्टी का २२ बर्षीय मुकेश मल्लाह रहेका छन् ।

  कान्छिचौकबाट कालाबन्जारतर्फ जाँदै गरेको को २ त ६४८७ नम्बरको ट्याक्टर आफै अनिन्त्रित भई दुर्घटना हुदाँ पछाडिको ट्रलिले किचेर गम्भिर घाईते भएका मल्लाहको धरान घोपामा उपचारको क्रममा  मृत्यु भएको हो ।

ट्याक्टर ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । ट्याक्टर चालक फरार रहेकोले खोजतालस भईरहेको प्रहरीले  जनाएको छ ।