बिर्तामोड । 

झापाको विरिङ पुलमा आइतबार भएको बस दुर्घटनामा परी एकजना मृत्य भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस पत्ति भाँचिएर दुर्घटना हँुदा कनकाई नगरपालिका ७ का १७ बर्षिय उत्सव पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनाबाट घाइते हुनेहरुमा माइ नगरपालिका ७ इलामकी ३४ बर्षीया विमला लिम्बु, सोहि ठाउँकी ४९ बर्षीया रत्नमाया राई, सोहि स्थानकी ३७ बर्षीया कमला शेर्पा, सोहि स्थानकी ७ बर्षीया ईसु शेर्पा, कनकाई ८ बस्ने २८ बर्षीया दिपा गिरी, सुनसरी बराहक्षेत्र नगरपालिका ९ बस्ने ३७ बर्षीया निशा चौहान, पथरी शनिश्चरे मोरङ नगरपालिका १ की ६० बर्षीया मनमाया श्रेष्ठ, सोहि ठाउँ बस्ने ३५ बर्षीय डिकबहादुर श्रेष्ठ, सोहि ठाउँ बस्ने ४० बर्षीया अम्बिका श्रेष्ठ, बुद्धशान्ति ४ झापा बस्ने ६० बर्षीय नरबहादुर दर्जी र दर्जीकी श्रीमती ५८ बर्षीया डम्बरकुमारी दर्जीको बिएण्डसी अस्पतालमा उपचार भईरहेको बताइएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

त्यस्तै, अर्जुनधारा ११ की ३८ बर्षीया शुसिला चापागाई, बिर्तामोड ५ की ४१ बर्षीया पवित्रा खतिवडा, भारत सिलिगुडीका ४७ बर्षीय बब्लु बर्मन, सोहि ठाउँका ३३ बर्षीया मालती बर्मन, शिवसताक्षी १० का २४ बर्षीया जानुका श्रेष्ठ, माइ नगरपालिका ७ की १७ बर्षीया तनुजा लिम्बु, भारत आसाम बस्ने २८ बर्षीया इन्दिरा गिरी, सोहि ठाउँ बस्ने २१ बर्षीया बिन्दु गिरी, अर्जुनधारा ५ बस्ने ४८ बर्षीय कृष्ण अधिकारी, बसका सहचालक सुनसरी रामधुनी  नगरपालिका ६ बस्ने २५ बर्षीय करण चौधरी र बसका सहचालक सुनसरी बराहक्षेत्र नगरपालिका ३ बस्ने २४ बर्षीय रमेश कार्कीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।