झापा ।  

गायिका तारा कोइराला र गायक प्रताव दासको नयाँ गीत दर्शक माझ आएको छ । गायिका कोइराला तथा दासको स्वर रहेको ‘हार पनि जित’ बोलको गीत युट्वबाट सार्जजनिक भएको हो । 

 शब्द÷रचना हिमान्सु रायमाझीको रहेको गीत मेरो शो युट्व च्यानल मार्फत सार्जजनिक भएको हो । कबिर राजवंशीले सम्पादन गरेको गीत मञ्जरी स्टुडियोमा रेकर्ड गरिएको छ । 

गायिका कोइरालाकी आमा बिन्दा कोइरालाले भजन गाउने गरेको र आमाकै प्रेरणाबाट सानैदेखि गीत÷संगीतमा चासो राख्ने गायिका कोइरालाले गीत दर्शक माफ ल्याएको बताइन् । सुमधुर स्वरमा सजिएको गीत अहिलेका युवा पुस्ता माझ कोसेढुङ्गा सावित हुने गायिका कोइरालाको विश्वास छ । 

सानैदेखि गीत संगीतमा रुचि राख्ने गायिका कोइराला झापाको बुद्धशान्ति गाउँपालिका –४ बर्ने घर भएको बताउछिन् । गायिका कोइरालाले आफ्नै खर्चले गीत दर्शक माझ ल्याएको बताएकी छिन् । उनले आफ्नो गीत निकाल्नु अघि वेला मौकामा विभिन्न स्टेज प्रोग्राममा पनि गीत गाउने गरेको बताएकी छिन् ।

भिडियो पनि