मोरङ । 

मोरङ बिराटनगर  महानगपालिका –१५ स्थित १ नम्बर ढाटबाट लागु औषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ कटहरी गाउपालिका– १ का ३० बर्षीय सुजित पौडेल रहेका छन् । पौडेललाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले लागूऔषध लुपिजेसिक ८ एम्पुल ,डाईजाल्याब ८ एम्पुल, एभिल ८ एम्पुल, फेनारगन ८ एम्पुल र DIALEX-DC १ बोतल पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेलको ईलाका प्रहरी कार्यलय रानीले  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।