मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका –१५ स्थितमा रहेको १ नम्बर ढाटबाट लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला धनकुटा नगरपालिका –१ हिले बस्ने २३ बर्षीय विवेक तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलीले उनको साथबाट लागूऔषध लुपिजेसिक ९ एम्पुल, डाईजाल्याब ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।