उदयपुर ।
उदयपुर कटारीका एक व्यवसायी निरन्तर छैटौं पटक उत्कृष्ट करदाता घोषित भएका छन् । आन्तरिक राजस्वकार्यालय लहानबाट सबै भन्दा बढी कर बुझाएर नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका संचालक प्रयास कार्की उत्कृष्ठ करदाता घोषित भएका हुन् ।
कार्कीको कम्पनीले आर्थिक बर्ष ०७६÷०७७ मा ४६ लाख ४ हजार ४ सय कर तिरेर सबै भन्दा बढी कर तिर्ने व्यवसायीको पहिचान बनाएको करदाता सेवा कार्यालय गाईघाटले जानकारी दिएको छ ।
नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले २०७१÷०७२ देखि निरन्तर सबै भन्दा बढि कर तिर्न सफल भएको जनाएको छ ।
करदातालाई छूट, प्रोत्साहन दिन विभिन्ननीति र परियोजना सञ्चालन गरेको पाइन्छ । धेरै कर तिर्ने संस्था, व्यवसाय र व्यक्तिलाई कदर गर्ने परिपाटी अनुसार उत्कृष्ठ करदाता र कर्मचारीको नाम सार्वजनिक गर्ने गरिन्छ ।
२०५४ मङ्सिर १ गते मा मूल्यअभिवृध्दि कर (मूअक) लागू भएको पछि ‘राष्ट्रिय कर दिवस’ २०६७ मंसिर १ बाट मनाउदै आएको हो ।