सुनसरी । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले आज(मंगलबार) एकैदिनमा मात्र ४२ जनालाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि अदालतमा पेश गरेको छ । जिल्ला अदालत सुनसरीबाट बिभिन्न मितिमा, बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनि फरार रहँदै आएका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । 

फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गरी प्रहरी परिचालन गर्दा गत ४ महिनामा  ५ सय ६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

४ महिनामा  ५ सय ६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी १ सय १९ वर्ष ८ महिना ८ दिन  कैद र २६ लाख ७२ हजार ९ सय ६ रुपैयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ । फरार प्रतिवादी पक्राउकै शिलसिलामा डाका मुद्धामा ६ बर्ष कैद र ९९ हजार जरिवाना तोकिएका तत्कालिन चाँदवेला – १ (हाल ईनरुवा)  वस्ने अजित मियाँलाई  सोमवार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ परेका मियाँ लगायतका ३ जनाको समुहले  २०६८ सालमा रामधुनी –५ का जैयस कुमार साहको घरमा डाँका गरेका थिए ।  जिल्ला अदालत सुनसरीको २०७५।३।११ गतेको फैसलावाट उक्त घटनामा संलग्न तिनै जनालाई जनही ६ वर्ष कैद तथा ९९ हजार जरिवानातोकिएको थियो।  फरार प्रतिवादी पक्राउ अभियान नै संचालन गरी कार्य गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एकै दिन ४२ जनासहित गत ४ महिनामा ५ सय ६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि  जिल्ला अदालतमा पेश गरेको जनाएको हो ।