बिराटनगर । 

ईलाका प्रहरी कार्यालय दमक झापा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन भएको भन्दै उनलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो । 

उनले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गर्नुका साथै झापा, गौरादह नगरपालिका वडा नं.५ वस्ने वर्ष ४६ को मबेसिर हुसेन मियाँ २०७८÷०७÷ ११ गते विहान ११ः०० वजेदेखी हराएको भनि परेको निवेदनका आधारमा निजको खोज तलास गर्ने क्रममा निजलाई कर्तब्य गरी मारी सोही नगरपालिका वडा नं.५ स्थित महमद सद्दामको घरदेखि दक्षिणतर्फ बाहिर रहेको शौचालयको सेफ्टी ट्यांङ्की भित्र कम्बलमा पोको पारी फालिएको अवस्थामा २०७८÷०७÷२६ गते निजको मृतक सब फेला पार्न सफल भएका थिए ।

उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भई अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान तथा महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय  कार्य गरेकोले ईलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्कीलाई २०७८ साल कार्तिक ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।  

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।