झापा । 

झापाको दमक नगरपालिका –२ का मोहनकुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घरधनि मोहनकुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्णप्रसाद शिवाकोटी, ३० बर्षीय बिनोद श्रेष्ठ, ३७ बर्षीय दिलबहादुर श्रेष्ठ, सोही स्थान ३ का ३४ बर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका ६ का ४१ वर्षीय दुर्गाबहादुर राई रहेका छन् । 

ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनीहरुलाई ३ बुङ तास र नगद  १ लाख २० हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका छ जनाको विषयमा  थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।